भूकम्प पिडितको त्रिपालमा बास; चिसोका कारण जाजरकोटमा एक महिने शिशुको ज्यान गयो

In भूकम्प, मृत्यु
५ मंसिर २०८०, मंगलवार ११:०३

५ मंसिर, काठमाडौँ।

चिसोका कारण जाजरकोटमा भूकम्प प्रभावित थप एक जनाको ज्यान गएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनकी एक महिने छोरी निरुताको चिसोका कारण ज्यान गएको हो ।

चिसोका कारण केही दिनदेखि बिरामी भएकी छाेरीकाे जिल्ला अस्पताल जाजरकोटमा उपचारका क्रममा आज साेमवार ज्यान गएको हो । जाजरकोटमा चिसोका कारण ज्यान गुमाउने भूकम्प पीडितको सङ्ख्या नौ जना पुगेको छ ।