बागलुङमा करेन्ट लागेर एक जनाको मृत्यु

In दुर्घटना, देश, समाज
१ मंसिर २०८०, शुक्रबार १५:०३

१ मंसिर, काठमाडौँ।

बागलुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज ज्यान गएको हो ।

गाउँबाट ढुवाखोर बजारतर्फ जाने क्रममा निसीखोला दोस्रो लघुजलविद्युत् आयोजनाको भुइँमा लत्रिएको तार कुल्चिँदा नेपालीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विद्युत् आयोजनाको लापरवाहीका कारण नेपालीको मृत्यु भएको स्थानीयको आरोप छ ।