तनहुँमा बस दुर्घटना २ जनाको मृत्यु

In दुर्घटना, मृत्यु
१३ मंसिर २०८०, बुधबार १४:१८

१३ मंसिर, काठमाडौँ।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो ।

मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।  राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् ।