रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

In दुर्घटना
१ मंसिर २०८०, शुक्रबार ०८:३३

१ मंसिर, काठमाडौं ।

काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीको नेतृत्वमा १० जनाको टोली र वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक महेश पाठकको नेतृत्वमा ७ जनाको टोली उद्धारमा खटिएको थियो ।