
५ मंसिर, काठमाडौँ।
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर १४ भिरबारीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
दुर्घटनामा दाङको दङ्गीशरण गाउँपालिका वडा नम्बर ४ का २८ वर्षीय रामहरि चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । भित्री सडक खण्डमा तोप्सेबाट लामागेका लागि छुटेको ग १ त ४९८७ नम्बरको ट्र्याक्टर बाटोमा पल्टिएको प्रहरीले जनाएको छ ।