27 views 0 secs 0 comments

गुल्मीका दुई स्थानीय तहमा बिहिबार सार्वजनिक बिदा

In समाज
५ मंसिर २०८०, मंगलवार १६:१७

५ मंसिर, काठमाडौँ।

गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले मंसिर ७ गते सार्वजनिक बिदा दिएको छन ।
दुई पालिकाले आज सुचना जारी गर्दै मंसिर ७ गते बिदा दिएका  हुन ।

महान पर्व हरिबोधिनी एकादशी २०८० को पावन अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक विदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

बिगतका बर्षमा झै ७ गते विहिबारका दिन रेसुङ्गा नगरकार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संथाहरुमा सार्वजनिक विदा दिएको नगरपालिकाका प्रमुख प्रशाअकीय अधिकृत हरि प्रसाद अर्यालले जानकारी दिए ।