838 views 0 secs 0 comments

चितवनमा नारायणी नदी किनारमा एक महिलाको शव …

In समाज
२७ श्रावण २०७६, सोमबार ०८:३१

चितवनमा नारायणी नदी किनारमा एक महिलाको शव भेटिएको छ ।
प्रहरीका अनुसार भरतपुर महानगरपालिका १६ शिवघाट नजिक नदी किनारमा सोही ठाउँ बस्ने ३१ वर्र्षकी कृष्णमाया तामाङको शव भेटिएको हो ।घरबाट माछा मार्न जान्छु भनेर साउन २३ गते घरबाट हिँडेकी कृष्णको शव तीन दिनपछि नदी छेउमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।