
बारा प्रहरीले १५ हजार किलो सुपारी बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय निजगढको टोलीले निजगढ नगरपालिका-९ बाट ३१ लाख ३५ हजार ७५० रुपैयाँको सुपारी बरामद गरेको हो।
बिना कागजातको उक्त सुपारी लु२ख ३७ नम्बरको ट्रकमा ल्याइएको थियो। रुपन्देहीबाट बारा-पर्सा हुँदै चोरी बाटोबाट भारत निकासी गर्न लागिएको सुपारी बरामद गरिएको बारा प्रहरीले जनाएको छ।
बरामद सुपारीसहित ट्रकलाई राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।