790 views 3 secs 0 comments

काठमाडौं १० मा राजन केसी विजयी

In देश, राजनीति, समाज
२३ मंसिर २०७४, शनिबार १०:५३

मंसिर २३, २०७४-काठमाडौं क्षेत्र १० मा कांग्रेसका राजेन्द्र केसी विजयी भएका छन् । २ हजार २ सय ८३ मत अन्तरले माओवादी केन्द्रका हितमान शाक्यलाई पछि पार्दै केसीले जितेका हुन् । केसीले २४ हजार १ सय ९० मत ल्याएका छन् भने शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् । ५५ हजार १ सय १० मत खसेकोको थियो । यसमध्ये १ हजार ७ सय ६९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेसले केसीसहित तीन क्षेत्रमा जित हात पारेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह र  क्षेत्र नम्बर ४ मा गगन थापाले जितेका हुन्

http://bit.ly/2A7CIz9