701 views 0 secs 0 comments

काठमाडौंमा सुविधायुक्त विद्युतीय बस सञ्चालनमा

In समाज
२३ भाद्र २०७६, सोमबार १५:३५

राजधानी काठमाडौं वायू प्रदुषण र ध्वनी प्रदुषणले आहत छ । यहाँको सार्वजनिक यातायातमा यात्रुलाई अचाक्ली सकस छ । यसलाई न्युनीकरण गर्न सोमबारबाट काठमाडौंमा लामा आकारका सुविधायुक्त विद्युतीय बस सञ्चालनमा आएको छ । यी बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइनेछ ।
‘बिजुली बस’ पनि भनिने विद्युतीय बस सेवाको उदघाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार गरे ।