412 views 0 secs 0 comments

वैद्य नेतृत्वको नेता सीपी गजुरेल पक्राउ…

In देश, समाज
१३ पुष २०७६, आईतवार १५:०७

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् । 
भारतबाट भएको सीमा अतिक्रमणको विरोधमा राजधानीको माइतीघरमा गरिएको प्रदर्शनका क्रममा उनलाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी कौशल कुमार बूढाथोकीले गजुरेललाई नियन्त्रणमा लिइएको बताए । माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको बताइएको छ।  सो क्रममा वैद्य माओवादीका अरु केही कार्यकर्ता पनि पक्राउ परेका छन् ।