534 views 0 secs 0 comments

चीन भ्रमणमा रहेको माओवादी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

In देश, राजनीति, समाज
१५ मंसिर २०७४, शुक्रबार ११:५२

काठमाडौं : चीन भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र)को प्रतिनिधि मण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग अन्तर्गत एशिया ब्यूरोका महानिर्देशक युआन चिपिंगसँग भेट गरेको छ।

बुधबार युन्नान प्रान्तको राजधानी कुन्मिंगमा माओवादी प्रतिनिधि मण्डलले भेटवार्ता गरेको हो। माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा विदेश विभागका सचिव युवराज चौंलागाईले नेतृत्व चीन पुगेको टोलीलाई भेट्न महानिर्देशक युआन बेइजिंगबाट कुन्मिंग स्थित नेपाली प्रतिनिधी मन्डल बसेको होटलमा पुगेका थिए।

भेटमा महानिर्शेक युआनले नेपालको राजनीतिक परिवर्तनमा माओवादी पार्टीले खेलेको भूमिकाको चीनले उच्च प्रशंसा गरेको बताए। उनले चीनियाँ कम्युनिष्ट पार्टीको माओवादीसँग विशेष सम्बन्ध राख्न चाहने बताए।