
बिमल खड्का बागलुङमध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङ जिल्लाको बडिगाड गाउँपालिका( २ काँडेरुख नजिकै आज बिहान पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जना घाइते भएका छन् । भने १ जनाको मृत्युु भएको छ ।मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नं। १ का वर्ष ३६ का खगेन्द्र विसि रहेका छन ।उनलाई हेलिकप्टर मार्फत गण्डकी अस्पताल पोखरा लैजादै गर्दा मृत्यु भएको ढोरपाटन नगर प्रमुख देव कुमार नेपाली बताएका छन ।
धाईते २ जना मध्य सोहि स्थानका वर्ष २७ का सुरेन्द्र वोहोराको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ भने २६ वर्षका भरत विसिको स्थानीय मेडिकल वामी गुल्मीमा उपचार भईरहेको बताएको छ ।बिहान खर्वाङबाट ग्वालीचौर तर्फ जाँदै गरेको ना ४ च ३६६७ नम्वरको पिकअप जिप र विपरित दिसावाट आउँदै गरेका ध १ प ३२४६ र बा ५५ प ८०५० नम्वरका मोटरसाईकल आपसमा ठोकिँदा सो दुर्घटना भएको थियो ।पिकअप जिप चालक र गाडि खर्वाङ प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव निरिक्षक लाल वहादुर चौधरीले जानकारी दिएका छन