724 views 0 secs 0 comments

सोलुखुम्बुमा भोट दिएर फर्किएका एकको लडेर मृत्यु

In देश, समाज
११ मंसिर २०७४, सोमबार १६:३०

सोलुखुम्बु, मङ्सिर ११
सोलुखुम्बुमा लडेर एक जनाको मृत्यु भएको छ । सोलुदूधकुण्ड नगरपालिका–५, ज्याङदिङका ६२ वर्षीय दावा तामाङको आइतबार राति लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङ आइतबार जनजागृति मावि मतदान केन्द्रमा मतदान गरेर फर्कनेक्रममा सदरमुकाम सल्लेरीको नयाँ बजार नजिकैको खोल्सामा लडेको प्रहरीले बताएको छ । प्रहरीले उनी मतदान गर्नकै लागि सदरमुकाम आएको र दरमुकाम बसेर राति बाहिर निस्कँदा लडेको हुनसक्ने अनुमान गरेको छ ।

तामाङलाई मृत अवस्थामा फेला पारेपछि स्थानीले प्रहरीलाई खबर गरेका थिए ।