मृत्युपश्चात् मानव शरीरमा हुने ७ परिवर्तन:

In शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १६:३३

जीवन-मरण संसारको रित नै हो । जन्म भएपछि मृत्यु पनि निश्चित छ । हामि सबै एकदिन यो संसारलाई त्यागेर जानुपर्ने हुन्छ । फरक एति मात्र हो की, कोहि ढिलो त कोहि चाँडो ।

आत्मा हुन्छ, हुदैन ? मानिस मरिसकेपछि पुनर्जन्म हुन्छ हुदैन भन्नेबारे हालसम्म विज्ञानले पनि कुनैपनि ठोस् प्रमाण भेट्न सकेको छैन । त्यसैले विज्ञानसँग पनि यसको कुनै यकिन जवाफ छैन । तर, मानव शरीरको मृत्युपछि मृत शरीरमा आउने परिवर्तनबारे भने विज्ञानले स्पष्टसँग तर्क गर्न सक्छ ।

मेडिकल रिपोर्ट अनुसार मान्छेको मृत्युपश्चात शरिरमा यस्ता ७ वटा बदलावहरु हुने गर्छन् ।

१. मृत्युपछि शरीरभित्र सडेका भागहरुबाट बनेकोे ग्यास आँखाबाट बाहिर निस्कन्छ । हाम्रो समाजमा कतिपयले त्यसैलाई
आँखाबाट मृतआत्मा बाहिर निस्केको भन्ने विश्वास गरिन्छ ।

२. पोष्टमार्टमको समयमा मृतशरीरबाट आवाज निस्किन्छ । मृत शरीरमा शरीरभित्र रहेका ब्याक्टेरियाले ग्यास बनाउँछन् र श्वासप्रश्वास क्षेत्रमा दबाव पर्न जान्छ । जसले गर्दा बाहिर आवाज निस्कन्छ ।

३. तपाईलाई थाहा छ ? मृत शरिरबाट बच्चाको जन्म पनि हुन सक्छ । पश्चिमी मुलुकहरुमा यसलाई ‘कफिन बर्थ’ भनेर पनि चिनिन्छ । गर्भवती महिलाको मृत्यु भएमा मृत्यु पश्चात शरीरमा बन्ने ग्यासले बच्चालाई गर्भबाहिर धकेल्छ र बच्चा जन्मिन्छ । तर, यसरि जन्मिने बच्चाको बाच्ने सम्भावना एकदम कम हुन्छ ।

४. मृत शरिरबाट छाला लगायतका अन्य नरम अंगहरु कुहिएर सक्किन्छन् ।

५. यदि मृत शरीरलाई खुला छोडिदियो भने त्यो यत्तिकै सुकेर जान्छ ।

६. मृत शरीरको हड्डी कुहिन लामो समय लाग्छ । जसलाई कंकाल भनेर चिनिन्छ ।

७. चिसो ठाउमा मृत शरिर लामो समयसम्म पनि जस्ता को त्यस्तै रहिरहन्छ । किनकि, चिसो ठाउँमा व्याक्टेरियाको असर पर्दैन ।

एजेन्सी ।