644 views 0 secs 0 comments

पर्सामा ५ हजार घूससहित प्रहरी जवान पक्राउ…

In समाज
२३ भाद्र २०७६, सोमबार १५:५५

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवानलाई घूससहित पक्राउ परेको छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले प्रहरी जवान गम्हीरा साह तेलीलाई सेवाग्राहीसँग ५ हजार घूस लिइरहेको अवस्थामै पक्राउ गरेको हो।
वीरगञ्जको माइस्थान मन्दिर अगाडि रहेको भरत दही एण्ड स्वीट्स पसलमा सेवाग्राहीसँग घूसवापतको रकम लिने गरिहेको विशेष सूचनाको आधारमा प्रहरी जवान गम्हीरालाई अख्तियारको टोलीले पक्राउ गरिएको हो।
पक्राउ परेको साहलाई वडा अध्यक्ष ध्रुव नेपालको रोहबरमा मुचुल्का उठाइ घूसको रकमसहित आवश्यक अनुसन्धानको लागि आयोगको कार्यालय हेटौंडा लगिएको आयोगका शाखा अधिकृत कृष्ण सुवेदीले बताए।