703 views 0 secs 0 comments

वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु …

In समाज
२३ भाद्र २०७६, सोमबार १६:२३

वीरगञ्जमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका ३२ बर्षका अजय दासको मृत्यु भएको हो ।
वीरगञ्ज -१५ ब्रम्हचौकमा स्थानीय माइक मेहताले बनाउँदै गरेको ओम होटल एण्ड पार्टी प्यालेसमा विद्युतको काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते भएका थिए ।घाइते अवस्थामा उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी टोलीले घटनास्थल लासजाँच मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाएको छ ।