1728 views 0 secs 0 comments

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना…

In देश
२३ भाद्र २०७६, सोमबार १६:४१

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने योजना अघि सारेको छ। महाशाखाका नवनियुक्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले काठमाडौं उपत्यकाको सडकको लाईट व्यवस्थापनको कामलाई आफूले उच्च प्राथमिकता दिने बताएका हुन्।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले सडक व्यवस्थापनका लागि प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा आफ्नो मुख्य जोड रहने कार्ययोजना पनि सार्वजनिक गरे। नवनियुक्त प्रमुख ढकालले काठमाडौं उपत्यकाको सडक व्यवस्थापनका लागि स्मार्ट ट्राफिक पुलिसको अवधारणा पनि अघि सारे।
जिम्मेवार, अनुशासित ट्राफिक प्रहरीको व्यवस्थापन गरी सडकको ट्राफिक व्यवस्थापनको कामलाई अझ बढि प्रभावकारी बनाउने उनको भनाइ छ।