561 views 0 secs 0 comments

वन अधिकृत डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान टोलीले पक्राउ…

In देश, समाज
२७ श्रावण २०७६, सोमबार १२:५७

डोटीको बीपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
वन उपभोक्ता समितिका व्यक्तिबाट घुसवापत लिएको तीन लाख २६ हजार नगदसहित उनलाई आयोग कञ्चनपुरको टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको हो ।
उनले भने, “यो पैसा मेरो हो, सहायक वन अधिकृत डिसी जीलाई फसाउन कसैले आरोप लगाएको हो, म जहाँ गएर पनि भन्न सक्छु रकम मेरो हो ।” यद्धपि मल्लले कुन काम विशेष र के का लागि त्यो रकम बोकेका हुन् त्यो भने खुलाएका छैनन् । मल्ल निर्माण व्यवसायी पनि हुन् ।