777 views 0 secs 0 comments

रुपन्देहीकोमा खुर्पा प्रहार गरेर आमा बुवाको हत्या, दाइ घाईते…

In समाज
२० मंसिर २०७६, शुक्रबार १८:३६

रुपन्देहीको  ओमसतियामा एक मानिसक रोगको औषधि खाइरहेका युवाले  शुक्रबार दिउसो खुर्पा प्रहार गरेर आमा बुवाको हत्या गरेका छन् । साथै ती युवकले दाइलाई घाईते बनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ओमसतिया गाउँपालिका वडा नम्बर ४ सानो प्रतावपुरका २८ बर्षीय गोरख बहादुर यादवले  बुवा आमाको हत्या गरेका हुन् ।
घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
विगत ४ वर्षदेखि  मानसिक रोगको औषधि सेवन गरेका  गोरखले  दाउरा काट्ने खुर्पा प्रहार गरेका थिए ।छुट्टाउन जादाँ दाई  जोगेन्द्र यादवलाई पनि खुपा प्रहार गरेका थिए ।  उनको सामान्य उपचार भइरहेको छ ।