
प्रहरीले उपत्यकालाई आधार क्षेत्र बनाएर चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । समूह बनाएर चोरी गर्दै आएको उक्त समूहलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको हो ।
वृत्तका प्रमुख उमेश लम्सालका अनुसार चोरिएको सामानसहित चोरी गर्ने चारजनाको समूहलाई बुधबार उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ५७ हजार ५०० रुपैयाँ नगद समेद बरामद भएको लम्सालले बताए । यस्तै ३ वटा मोबाइल, डेढ तोला सुनको गहना र चोरी गर्न प्रयोग गरिने फलामको रडसमेत बरामद भएको छ ।
पक्राउ परेका चारै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।