538 views 3 secs 0 comments

सर्लाहीमा स्वतन्त्र उम्मेदवारको सवारीलाई लक्षित गरी बम विस्फोट

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:३९

मंसिर १८, २०७४-सर्लाहीको क्षेत्र ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र साहको प्रचारमा हिँडेको जिपलाई लक्षित गरी सोमबार बिहान बम विस्फोट गराइएको छ ।

हजारीयावाट क्षेत्रीय सडक हुँदै कर्मैया तफै जाँदै गर्दा पूर्व–पश्चिम राजमार्ग भन्दा तीन किलोमिटर दक्षिण खोल्सी जस्तो ठाउँमा बिहान करिब ७ बजे विस्फोट गराइएको हो । विष्फोट हुँदा प्रचारमा प्रयोग भएको ना२च २०१९ मा चालक मात्र थिए ।

 

प्रहरीका अनुसार जिपमा बमले उछिट्याएको माटोमात्र लागेको छ । कुनै किसीमको क्षति नभएको प्रहरीले जनायो । बमको टुक्राटाक्रि धेरै पर सम्म पुगेको छ । स्वतन्त्रमा उमेदवारी दिएपनि साह बलिया उमेदवार मानिन्छन् ।

साहले जनताको लहर आफ्नो पक्षमा बढ्दै गएपछि तर्साउने प्रयत्न भएको प्रतिक्रिया दिएका छन् ।

http://bit.ly/2ArwdIh