नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा कप्तान ज्ञानेन्द्रको शतक…

In खेलकुद
१९ मंसिर २०७६, बिहीबार ११:११

१३ औं साग अन्तरगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले शतक प्रहार गरेका छन् । अन्तर्राष्ट्रिय टि-२० मा यो उनको पहिलो शतक हो ।
कप्तान भएयता आफ्नो फर्म गुमाएका ज्ञानेन्द्रले भुटानको कमजोर टिममाथि छक्का र चौकाको वषर्ा गरे । ५२ बलमा सतक बनाउँदा उनले ८ छक्का र ५ चौका प्रहार गरेका छन् । यसअघि नेपालका लागि एक मात्र टि-२० सतक पूर्व कप्तान पारसको नाममा छ ।
आजको म्याचमा भुटानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस र ज्ञानेन्द्रले भुटानी बलरहरुको धज्जी उडाए । पारस २८ बलमा ५७ रन बनाएर आउट भए पनि ज्ञानेन्द्र रोकिएनन् ।