
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने वेष्ट इण्डिज प्रस्थान गरेका छन् ।
वेष्ट इण्डिजमा आयोजना हुने क्यारेबियन क्रिकेट लिग (सीपीएल) खेल्न सन्दीपले मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक संजाल ट्वीटरबाट आफु वेष्ट इण्डिज प्रस्थान गरेको जानकारी गराएका छन् ।
सीपीएल क्रिकेट भदौ १८ देखि असोज २५ गतेसम्म संचालन हुनेछ । सन्दीपले यस सिजन बार्बाडोस ट्रिडेन्टबाट खेल्ने छन् ।