797 views 0 secs 0 comments

डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु…

In समाज
१९ मंसिर २०७६, बिहीबार ११:२५

डोटी जिल्लाको जोरायल गाउँपालिका–२ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जिप बुधबार राति अनियन्त्रित भई दुर्घटना हुँदा जोरायल ४ का अन्दाजि २१ वर्षीय आश्रम थापा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय, जोरायलले जनाएको छ ।
मगर जिपका चालक हुन् ।
दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।