483 views 0 secs 0 comments

मुस्ताङमा एक भारतीय नागरिकको मृत्यु…

In समाज
१९ मंसिर २०७६, बिहीबार ११:३४

मुस्ताङमा बुधबार एक भारतीय नागरिकको मृत्यु भएको छ ।
भारतको छत्तीसगढका ६१ वर्षीया सरालु नाडुको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित जोमसोम बजारको एक होटलमा बास बसेको अवस्थामा उनको मृत्यु भएको हो ।
अत्यधिक उचाइका कारण मृत्यु भएको ठानिए पनि यकिन भइसकेको छैन । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।