
वीरगञ्जमा दुई ठाउँमा आगलागी भएको छ । आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रानीघाट टोलमा कस्मेटिक उद्योगमा आगलागी हुँदा ५ लाखको क्षति भएको छ ।
यता वडा नम्बर २६ सुगौलीमा गोठघरमा भएको आगलागिमा एक लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । वडा नम्बर ९ रानीघाट बस्ने मिताराम साह तुरहाको घरमा रहेको कलश कस्मेटिक उद्योगमा करेन्ट सर्ट भई आगोलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो । वडा नम्बर २६ हृदय नारायण पटेलको भान्सा कोठासँग जोडिएको खरले छाएको गोठघरमा आगलागी भएको प्रहरीले जनाएको छ ।