497 views 0 secs 0 comments

कलङ्कीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु…

In समाज
२३ माघ २०७६, बिहीबार ११:११

उपत्यकाको कलङ्की अण्डरपास सडकमा गत राति टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने दुवैजना बल्खुस्थित बयोधा वर्कसपमा काम गर्दै आएका थिए । 
अन्दाजी १२ः४५ बजे बल्खुबाट कलङ्कीतर्फ जाँदै गरेको टिपरले कलङ्कीबाट सितापाइलातर्फ जाँदै गरेको प्रदेश २, ०३–००४ प ५५० नम्बरको निलो पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार मृत्यु हुने दुवैजनाको घर रौतहटको कटहरिया हो । टिपरको ठक्करबाट मोटरसाइकल चालक १९ वर्षीय राकेश कुमार चौधरी र पछाडी सवार २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको हो । यता, दुर्घटनालगत्तै टिपरसहित चालक फरार भएका छन् । डीएसपी बोगटीका अनुसार नम्बर खुल्न नसकेको टिपर र चालक दुवैको खोजीकार्य भइरहेको छ ।