553 views 0 secs 0 comments

रेडियो नेपालमा तालाबन्दी गर्ने नाै जना पत्रकार पक्राउ…

In समाज
३० भाद्र २०७६, सोमबार १६:०४

रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निष्काशित पत्रकारको पुनःवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गर्ने नाै जना पत्रकार पक्राउ परेका छन्।
रेडियो नेपालको मुल गेटमा तालाबन्दी गर्ने क्रममा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित एक दर्जन बढी पत्रकारलाई गिरप्तार गरेको छ।
गिरफ्तार हुने पत्रकारहरुमा महासंघका केन्द्रीय सदस्य मीन बम, जन्मदेव जैसी, यम बिरही, डोटी जिल्ला अध्यक्ष योगेन्द्र बलायर, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कुवर छन्।
लामो समय देखि कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुवरको पुनर्वहालीको माग गर्दै आन्दोलनरत संचारकर्मीले तालाबन्दी गरेका हुन्।