836 views 1 sec 0 comments

हातहतियार र लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ…

In समाज
१३ आश्विन २०७६, सोमबार ११:४०

सुनसरीको बर्जु गाउँपालिका-३ अमडुवाबाट हातहतियार र लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका-५ मगर टोल बस्ने २७ वर्षीय करणकुमार चौधरी र सोही ठाउँ बस्ने २१ वर्षीय प्रकाश चौधरी रहेका छन्।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहवी सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार र लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।