458 views 0 secs 0 comments

झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद…

In समाज
१३ आश्विन २०७६, सोमबार ११:३२

प्रहरीले झापाबाट ठूलो परिमाणमा बिस्फोटक पदार्थ बरामद गरेको छ। प्रहरीले आइतबार साँझ झापाको अर्जुनधारा नगरपालिका-१ बाट भारी मात्रामा बिस्फोटक पदार्थ बरामद गरेको हो।

प्रहरी स्रोतका अनुसार बम बिस्फोटमा प्रयोग हुने निओजेल नाइन्टी लगायत बरामद भएको छ। यो बिस्फोटक पदार्थ विप्लव नेतृत्वको नेकपा माओवादीको भएको प्रहरीले जनाएको छ।
झापा प्रहरी र इलाका प्रहरी कार्यालय विर्तामोडको संयुक्त टोलीले बिस्फोटक पदार्थ बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ। प्रहरीले बिस्फोटक पदार्थ बरामद भएको ठाउँलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।