11 views 0 secs 0 comments

पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

In समाज
१८ मंसिर २०८०, सोमबार १८:२७

१८ मंसिर,काठमाडौँ।

वैदेशिक रोजगारीमा पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएर हाल काठमाडौँ बस्ने ४३ वर्षीय सुस्माकुमारी खड्का रहेकी छन् ।

खड्काले राजु शाहीलाई पोर्चुगलको होटलमा वेटरमा काम लगाइदिन्छु, मासिक १ लाख २० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारेकी थिइन् । पीडित शाहीसँग पटक–पटक गरी ७ लाख ५० हजार रुपैयाँ लिएर उनी सम्पर्कविहीन बनेकी थिइन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खड्कालाई मंगलबार बानेश्वरबाट पक्राउ गरेको हो ।