463 views 0 secs 0 comments

७० वर्षीय सूर्यबहादुर थापाको छोराद्वारा हत्या…

In समाज
२४ श्रावण २०७६, शुक्रबार ११:३५

झापाको कमल गाउँपालिका–१ मा चिरपटको प्रहार गरेर एक जनाको हत्या भएको छ । स्थानीय ७० वर्षीय सूर्यबहादुर थापाको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख दिनेशराज मैनालीले घरायसी विवादका क्रममा थापाका छोरा प्रकाशले उनलाई चिरपट प्रहार गरेको बताए ।

‘उहाँको घटनास्थलमै मृत्यु भएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी चोकी तोपगाछीबाट टोली खटिएको थियो’, प्रहरी उपरीक्षक (एसपी) मैनालीले  भने, ‘टोलीले चिरपट प्रहार गर्ने छोरालाई नियन्त्रणमा लिएको छ ।’थप अनुसन्धान र कानूनी प्रक्रिया थालिएको मैनालीले बताए ।