581 views 0 secs 0 comments

भरतपुर लुगा सुकाउने क्रममा इनारमा खसेर महिलाको मृत्यु..

In समाज
२४ श्रावण २०७६, शुक्रबार ११:०२

भरतपुर महानगरपालिका–९ आदर्शचोकमा शुक्रबार बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो।

इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन्। इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ।