636 views 0 secs 0 comments

मोटरसाइकल चालकको मृत्यु ट्रिपरको ठक्करबाट

In समाज
१२ मंसिर २०७५, बुधबार १२:०४

उर्लाबारी – मोरङको पथरीशनिश्चरे नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार राति ट्रिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नम्बरको ट्रिपरले ठक्कर दिँदा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको मृत्यु भएको हो।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि उर्लाबारीस्थित मंगलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो। उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए। (रासस)

ट्रिपरको_ठक्कर

पूर्वपश्चिम_राजमार्ग