773 views 0 secs 0 comments

पोखराको मालपोत कार्यालयबाट घुस सहित दुई जना पक्राउ …

In समाज
४ कार्तिक २०७६, सोमबार ०८:५३

पोखराको लेखनाथमा रहेको मालपोत कार्यालयबाट घुस सहित दुई जना पक्राउ परेका छन् ।
आइतबार मालपोतका खरिदार र लेखापढि ब्यवसायीलाई अख्तियारले १२ हजार रुपैया घुस रकम सहित पक्राउ गरेको हो ।
एक सेवाग्राहीको जग्गा नामसारी गर्न दुई दिन देखि आनाकानी गरिरहेका खरिदार प्रकाश पौडेल र लेखापढि ब्यवसायी मनोहरी भट्टराईलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका मालपोतका कर्मचारी र लेखापढि ब्यवसायीलाई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।