497 views 0 secs 0 comments

नयाँवस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ…

In समाज
४ कार्तिक २०७६, सोमबार १२:४१

बौद्धको नयाँवस्तीबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीका आधारमा पुगेको प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्रेको हो । प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी बोगटीले भने, ‘नोटसहित ३ जना पक्राउ परेका छन् ।’ पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन ।