448 views 0 secs 0 comments

सैनामैनाबाट १० लाख अवैध युरोसहित ५ जना पक्राउ…

In समाज
४ कार्तिक २०७६, सोमबार १२:५८

रुपन्देहीको सैनामैनाबाट १० लाख अवैध युरोसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी निरीक्षक प्रमोद कुमार खत्री नेतृत्वको टोलीले सैनामैना २ स्थित सरौलीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सैनामैदान २ की मिना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङ २ का गणेश सुनार रहेका छन् । सो युरो १२ करोड ८० लाख रुपैयाँ बराबर हुन आउने बताइएको छ ।
उनीहरुको साथबाट ६ थान मोबाइल, वान मिलियन युरो लेखिएको त्रिभूजाकार र आयातकार धतु समेत बरामद भएको प्रदेश २ का डीआईजी शाहले जानकारी दिए ।