423 views 0 secs 0 comments

सुरक्षाकर्मीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिँदा तीन जना घाइते…

In समाज
४ कार्तिक २०७६, सोमबार १३:०९

नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका ७ मा गत राति गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ठक्कर दिएर मोटरसाइकलसमेत पल्टिँदा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा दुई सशस्त्र प्रहरी र मोटरसाइकल चालक छन् । प्रहरीका अनुसार दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चोरामारामा कार्यरत सशस्त्र प्रहरी जवानहरु लालसिंह तामाङ र डम्बर खप्तडी घाइते भएका हुन् । घाइते मोटरसाइकल चालकको भने परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । घाइते तीनै जनालाई उपचारको लागि चितवनस्थित कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएको स्थानीय प्रहरीले जनाएको छ ।