576 views 0 secs 0 comments

थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ…

In समाज
२४ माघ २०७६, शुक्रबार १७:२३

थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ परेका छन् । माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा पक्राउ गरिएको हो ।
उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ । दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर २०७५ मा पक्राउ परेका थिए र उनीसँग २ करोड २५ लाख रुपैयाँ धरौटीमा मागिएको थियो ।