199 views 1 sec 0 comments

धादिङमा माेटरसाइकल र स्कुटर ठाेक्किँदा एक जनाकाे मृत्यु…

In समाज
२६ मंसिर २०७८, आईतवार १०:५७

पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ बिहानी पम्प नजिकै मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् ।
आज बिहान बा ४४ प ९८३६ नम्बरको मोटरसाइकल र बा ६३ प ४८३४ नम्बरको स्कुटर ठोक्किँदा मोटरसाइकलमा रहेका बेनीघाट रोराङ गाउँपालिका–१० का ३३ वर्षीय सुक बहादुर चेपाङकाे ज्यान गएकाे हाे ।
मोटरसाइकललाई ना ६ ख ७४९ नम्बरको ट्रकले समेत ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षकले बताउनुभयो ।
दुर्घटनामा परि घाइते भएका सिद्धलेक गाउँपालिका-१ का २५ वर्षीय सुरेन्द्र वाइबा र २८ वर्षीय सोनाम घलेको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।