480 views 0 secs 0 comments

गोठमा आगलागी हुँदा १० वर्षीया बालिकाको जलेर मृत्यु…

In समाज
२४ माघ २०७६, शुक्रबार १७:१८

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा शुक्रबार गोठमा आगलागी हुँदा १० वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।
घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा १० वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षकले जानकारी दिए ।
घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी सहायक निरीक्षक पन्तले भने, “आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ ।”