595 views 0 secs 0 comments

वडा कार्यालयमा चोरी …

In समाज
३२ जेष्ठ २०७६, शनिबार १४:५०

राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा गएराति चोरी भएको छ । चोरले कार्यलयको ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगदसमेत चोरी गरी लगेको वडाध्यक्ष समीर झाले बताउनुभयो ।

चोरले वडाध्यक्षको कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात तथा करिव रु दुई लाख मूल्य बराबरको सरसमान चोरेको उहाँले जानकारी दिनुभयो । चोरी गर्ने गिरोहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
––– रासस