442 views 0 secs 0 comments

रेडपाण्डाको छाला अवैध ओसारपसारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ…

In समाज
१३ फाल्गुन २०७६, मंगलवार १४:४६

प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैध ओसारपसारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई कपनबाट पक्राउ गरेको हो । उनीहरुको शरीरमा खानतलासी लिने क्रममा दुर्लभ वन्यजन्तुको छाला फेला परेको एसएसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।