686 views 0 secs 0 comments

हजारौँ ‘गोकुल बाँस्कोटा’बाट देशलाई कसरी बचाउने ?

In देश, राजनीति
१३ फाल्गुन २०७६, मंगलवार १४:५७

सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७४ करोडको कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएसँगै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा गरे । २७ अर्ब रुपैयाँ मूल्यको सेक्युरिटी प्रेस खरिद गर्दा एजेन्टलाई प्राप्त हुने ७४ करोड रकममध्ये ५४ करोड रकम दिनेगरी स्वीस सेक्युरिटिज प्रेसका नेपाल एजेन्ट विजय मिश्रले बाँस्कोटालाई १६ महिना अघि नै प्रस्ताव गरेका थिए । त्यही लेनदेनको अडियो बाहिरएपछि मन्त्री बाँस्कोटा राजीनामा दिन बाध्य बनेका हुन् ।
मिश्रले प्रस्ताव गरेजस्तो ७४ करोड रकम कसरी आउँछ ? पहिला यसबारे केही विश्लेषण गरौँ । अन्तर्राष्ट्रिय स्तरमा र ठूला वस्तु तथा सेवाको उत्पादन गर्ने कम्पनीहरुले आफ्नो उत्पादनको प्रचारप्रसार र विक्रीवितरणमा सहजीकरण गर्न प्रत्येक देशमा स्थानीय कमिसन एजेन्ट राखेका हुन्छन् । त्यसरी नियुक्त भएको एजेन्टले सम्बन्धित कम्पनीले उत्पादन गरेको वस्तु तथा सेवाको बिक्रीवितरणमा सहजीकरण गर्ने काम त्यस्ता कम्पनीहरुको हुन्छ । एजेन्टले आफूले जिम्मेवारी पाएको क्षेत्रमा सम्भावित खरिदकर्ता पहिचान गर्ने र उनीहरुलाई त्यसको प्राविधिक पक्ष, मूल्य लगायतको जानकारी दिने काम गर्छन् । कतिपय अवस्थामा खरिदकर्तालाई कभिन्स गराउने मात्रै होइन, नयाँ खरिदकर्ता सिर्जना गर्ने काममा पनि उनीहरुको भूमिका हुन्छ । खरिदका लागि मञ्जुरी गराएर उत्पादकसँग भेट गराइदिएपछि त्यस्तो एजेन्टको भूमिका सकिन्छ ।
त्यति धेरै सहयोग गर्दा पनि एजेन्टले सम्भावित खरिदकर्तासँग कुनै शुल्क लिँदैन । तर, जब उसले सामान किन्छ, उसलाई त्यसबापत तोकिएको कमिसन उसको खातामा विक्रेताले सीधै पठाइदिन्छ । यदि कुनै खरिदकर्ताले र एजेन्टको चिनजान नै छैन । खरिदकर्ताले उत्पादक कम्पनीसँग सोझै डिल गरेको छ भने पनि एजेन्टले पाउने कमिसन बराबरको छुट उत्पादक कम्पनीले दिँदैन । किनकी त्यो उनीहरुको मार्केटिङ गर्ने रणनीति हो ।
उदाहरणका लागि नेपाल सरकारले सेक्युरिटी प्रेसको खरिदका लागि स्वीस कम्पनीसँग सीधै डिल गरेको थियो भने पनि अजय मिश्रले ७४ करोड रुपैया नै कमिसन पाउँथे र नेपाल सरकारले तिर्नुपर्ने मूल्य २७ अर्ब नै हुन्थ्यो ।
साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्य भन्छन् – ‘यसरी कमिसन दिने मामिलामा विदेशीहरु इमान्दार हुन्छन् । उनीहरुले एजेन्टले पाउनुपर्ने कमिसनमा एक रुपैंया पनि तलमाथि गर्दैनन्, खातामा सीधै पठाउँछन् । यो प्रक्रिया अन्तर्राष्ट्रिय खरिद प्रक्रियामा एकदमै सरल र स्वाभाविक पनि मानिन्छ ।’