
विमानस्थल बनेदेखl नै उडान अनियमित हुँदै आएको दाङको टरिगाउँ बिमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान गर्ने भएको छ । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाण्डौका लागि नियमित दुई वटा विमानले उडान गर्नेछन् ।
यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण संख्या बढाउन लागिएको उहाँको भनाइ छ । यसअघि एउटा जहाजले मात्रै उडान गर्दैै आएको यस विमानस्थममा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान गर्ने भएको हो ।