714 views 3 secs 0 comments

महिलाको गहना लुटपाट गर्ने दुई जना पक्राउ…

In समाज
२१ श्रावण २०७६, मंगलवार १८:३३

सोमबार बेलुका थलारा गाँउपालिका-५, हाट घर भएकी २२ वर्षीया विमला ओलीकाे गहना लुटपाट गरी हत्याकाे प्रयास गर्ने थलारा गाँउपालिका-६ का प्रेम कठायत र सौरभ चौहानलाई प्रक्राउ गर्न सफल भएको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताउनु्भयाे । घटनामा संग्लग्न प्रेम कठायतलाई सोमबार बेलुका नै प्रहरिले पक्राउ गर्न सफल रहे पनि सोही घटनामा संग्लग्न रहेका सौरभ चौहान भने फरार रहेका थिए । फरार रहेका उनलाई प्रहरीले मंगलबार बेलुका बिथ्थडचिर गाँउपालिकाबाट प्रक्राउ गरेको डीएसपी केसीले बताउनुभयाे ।

आराेपित दुवै जना मिलेर सोमबार बेलुका साढे पाँच बजे पीडित विमला ओलीले कानमा लगाएका गरगहना लुटपाट गरी उनलाई उनकाे हत्याकाे प्रयास गरेकाे बताइएकाे छ । सोमबार बेलुका केदास्युँ गाँउपालिका वडा नम्बर-९, झोता माइती भएकी ओली आफ्नाे घर आउने क्रममा थलारा गाँउपालिका-३, शिलाकोटमा दुई जना मिलेर गहना लुटपाट गर्नुका साथै मोबाइल समेत लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।