619 views 0 secs 0 comments

नवजात शिशुको हत्या गरेकोे आशंकामा महिलालाई नियन्त्रणमा…

In समाज
२२ कार्तिक २०७६, शुक्रबार २१:२७

नवजात शिशुको हत्या गरेकोे आशंकामा प्रहरीले एक महिलालाई हेटौंडाबाट नियन्त्रणमा लिएको छ ।

हेटौंडा उपमहानगरपालिका-१६ हटिया खमारेमा नवजात शिशुको शव फेला परेको जानकारी स्थानीयले दिएपछि घटना स्थल पुगेको प्रहरीको टोलीले अन्दाजी २३ वर्षीया महिलालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए । मृत भेटिएका शिशु २ दिनको हुन सक्ने उनले बताए ।
शिशु हत्या गरी फालेको हुन सक्ने आशंकामा महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालकोे सिंहले बताए । शिशुको शव स्थानीय खमारे सडक छेउमा फेला परेको प्रहरीले जनाएको छ ।