7 views 0 secs 0 comments

पूर्व सहसचिव राजभण्डारी सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर

In देश, समाज, सूचना-प्रबिधि
२० जेष्ठ २०८१, आईतवार १८:४३

जेठ २० , काठमाडौं । सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरु कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको हो ।

विशेष अदालतले ११ मंसिर, २०६९ मा पूर्व सहसचिव राजभण्डारीलाई दोषी ठहर गरेको थियो ।

विशेषले उनले २ करोड ४६ लाख १९ हजार ९ सय ३२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै त्यति रकम असुलउपर गर्नुपर्ने र त्यति नै थप जरिवानाको फैसला गरेको थियो ।

विशेषले उनलाई एक वर्ष कैद सजाय सुनाएको थियो ।