1159 views 0 secs 0 comments

अछाममा पानीमा डुबेर दुई जनाको मृत्यु…

In समाज
२२ भाद्र २०७६, आईतवार ११:४९

अछाममा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गलसैन नगरपालिका–७ जना लिबण्डालीको भैसले नजिक पुछेडी खोलामा रहेको तालमा डुबेर दुई बालकको ज्यान गएको हो ।
अछाम प्रहरीका अनुसार ज्यान जानेमा ११ वर्र्षीय ललित वादी र १२ वर्षीय युकेश दमाइ रहेका छन् । शनिबारको दिन गाउँकै पाँच÷छ जना केटाकेटी टोली बिहान बाख्रा चराउन गोठालो गएकामा खेल्ने क्रममा दुईजना पानीमा डुबेपछि मृत्यु भएको घटनास्थल पुगेका अछाम प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक शाहीले बताए।
मृतक दुवै जनाको शवलाई पानीबाट निकालेर जिल्ला अस्पताल अछाममा शव परीक्षणका लागि ल्याइएकोछ ।